मण्डलामा ‘मेषी दण्ड’ मञ्चन

काठमाडौँ, ५ साउन । मण्डला थिएटरमा शुक्रबारदेखि नयाँ नाटक ‘मेषी दण्ड’को मञ्चन सुरु भएको छ । अनिल सुब्बाले निर्देशन गरेको यो नाटक साउन २७ गतेसम्म चल्नेछ । गीलु रातोसले लेखेको नाटकमा डेढ शताब्दीअघिको कथा समेटिएको छ । हिमाली जिल्लाका आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेदलाई नाटकमा उतारिएको निर्देशक सुब्बाले बताए । सोलुखुम्बुको खालिस राई…