भक्तपुर २ वैशाख। भक्तपुरको मध्यपुरथिमी क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिमा बासिन्दाले शनिबार बिहान ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो। बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाईरहेका छन ।