काठमाडौँ, १९ चैत । अभिनेत्री प्रियंका कार्की नयाँ फिल्म ‘चलखेल’ मा अनुबन्ध भएकी छन । भरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ फिल्म ‘चलखेल’ मा निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ । जेठबाट छायांकन सुरु हुने फिल्म ‘चलखेल’ मा अहिलेसम्म अभिनेत्री प्रियंकाको जोडी भने फाइनल गरिएको छैन । निर्देशक बोहोराकै कथा तथा पटकथा…