रणवीर कपुरमाथि गेमिङ एप प्रचारमा सघाएको आरोप

काठमाडौँ, १८ असोज । बलिउड अभिनेता रणवीर कपुरमाथि महादेव गेमिङ एपको प्रवर्द्धन गरेको आरोप लागेको छ । यस विषयमा आवश्यक सोधपुछका लागि भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार उपस्थित हुन पत्र पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणवीरले उक्त गेमिङ एपको प्रचार गरेको र जसबाट उनलाई प्राप्त भएको पारिश्रमिक अपराधको कमाइ भएको निर्देशनालयको दाबी छ ।…