ज्ञानु र अनुपमलाई युवा वर्ष मोती पुरस्कार

काठमडौँ, २७ साउन । नेपाली भाषा साहित्यको उत्थान गरेबापत यो वर्षको मोती पुरस्कार चितवनकी ज्ञानु अधिकारी र रुपन्देहीका अनुपम रोशीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । युवावर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले साहित्यकारद्वय अधिकारी र रोशीलाई ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले…