जनकपुरधाम, १७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पतालको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर…