काठमाडौँ, २५ भदौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिनुभएको छ । अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल प्रशासनलाई उहाँले निर्देशन दिनुभयो । …