काठमाडौँ, ३० साउन । रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डाैकाे सहकार्यमा गोसाईंकुण्डमा मेला भर्न पुग्ने तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठ जनाको समूह गोसाईंकुण्ड गएको हो । सङ्घका प्रमुख कार्यकारी…