चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन, १२ साउन । तीन सय जनाको परीक्षणका क्रममा चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म…