तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन विधेयक

काठमाडौँ, १२ असार । आँखाको उपचारमा देशमा मात्रै नभई विश्वमै प्रख्यात तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालयका रूपमा सञ्चालन हुने भएको छ । बोर्ड अफ ट्रस्टी मोडलमा स्थापना हुने विश्वविद्यालयले नेपालमै आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धान गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक संसद्मा दर्ता भएको छ ।  सोमबार संसद्मा दर्ता भएको विधेयकअनुसार विशेषज्ञ सेवासहितको उपचारमा पहुँच विस्तार…