सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित रुकुमकोटमा

ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्मा रुकुमकोट पुगेका हुन् । सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मी सहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त गाउँपालिकाका महिला, बालबालिका, ज्येष्ठ…