मकवानपुर, २३ माघ । मकवानपुरको एकै गाउँमा भारइल ज्वरोका कारण १३० जना बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका–९, टर्लिङमा पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । सोमबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ज्वरोका कारण गएको शुक्रबार टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको कार्यालयका…