समाचार

नकुहिने फोहोर वर्गीकरण गरेर बिक्री गरिँदै



गोदावरी, २१ माघ । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहोर सङ्कलन हुँदै आएको छ ।

सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहोर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो ।

झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर सङ्कलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ । नगरले बजार क्षेत्रका नौवटा वडाबाट सङ्कलन गरिएको फोहर सुक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरेको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए । धनगढी–२ मा एक बिघा जग्गा वार्षिक रु ८८ हजार आठ सय ८८ मा भायामा लिएर सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।