गुल्मी, १५ पौष । गुल्मीका एक युवाले आफ्नो विवाहको खर्च रकम कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका- ३ भाँडगाउँका मोहन बस्नेतले बिहेको भोज खर्च कटाएर गाउँमै विशेषज्ञ चिकित्सकसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन् । सुगर, प्रेसर, थाइराइड, दम, ग्याष्टीलगायतका समस्यामा रहेकी पम्फी विश्वकर्माले गाउँमा राखिएको…