काठमाडौँ, ४ असोज । आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर्स दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले अल्जाइमर्स रोगको समस्या तीव्र रूपमा बढिरहेको छ । अल्जाइमर्स रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने…