वीर अस्पतालमा साउनभित्रै जलन उपचार कक्ष

काठमाडौँ, १९ असार । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीरमा अत्याधुनिक जलन उपचार कक्ष तत्काल सञ्चालन गर्न…