अबदेखि वीर अस्पतालका सातसय शय्या निःशुल्क

काठमाडौँ, ९ असार । वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । शुक्रबार बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको हो । यसअघि वीर अस्पतालले…