दमौली, १९ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ । सबै वडामा प्रसूति केन्द्र स्थापना गर्ने गाउँपालिकाको लक्ष्यसहित वडा नं १ को आधारभूत स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन सुरु गरिएको छ । स्थानीय महिलालाई वडास्तरमै प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख…