काठमाडौँ, ३० भदौ । काठमाडौँको असोज १ गतेबाट सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने भएको छ । काठमाडौँ महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । “असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका…