खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

लमजुङ, २२ फागुन । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालाले ११२औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित…