राँझा, १ फागुन । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई स्वास्थ्यकर्मीले गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए । उनका अनुसार राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य…