बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क गरिँदै

काठमाडौँ, १२ बैशाख । सरकारले बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क दिने भएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीईइसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउन लागिएको हो । अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा नेपालसँगै मंगोलिया, जिम्बाबे, युगान्डा र उज्बेकिस्तानलाई ६ वटा क्यान्सरको उपचारमा…