काठमाडौँमा एक पुरुष मृत फेला

काठमाडौँ, १९ माघ । काठमाडौँको थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकए एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकै पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत फेला परेका हुन् । शव पहिचानका लागि र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।