काठमाडौँ, १९ चैत । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती पहेँलो पुलनजिक जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । ४० वर्षीया सन्चिमाया वाइबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई शनिबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नगद ५९ हजार ८५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी…