त्रिभुवन विमानस्थलबाट भारुसहित दुई अमेरिकी पक्राउ

काठमाडौँ, ३० फागुन । प्रतिबन्धित भारतीय रुपैयाँ तीन लाख ३५ हजारसहित दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नागरिक ६९ वर्षीय थुप्तेन ग्लेक ल्हास्वा र ५९ वर्षीया काल्साङ छोदोनलाई सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनीहरू भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए । विमानस्थलको एक्सरे मेसिनमा…