हुम्ला, ३० फागुन । हुम्लाकी १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरमार्फत् उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको छ । हुुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया जुनकली कामीलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । सोमबार दिउँसोदेखि प्रसव पीडा भएपनि मंगलबार बिहानसम्म सुत्केरी हुन नसकेपछि उनलाई सिमिकोटबाट दिउँसो प्रदेश अस्पताल सुर्खेत ल्याइएको…