हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

म्याग्दी, २२ फागुन । म्याग्दीको गलकोट नगरपालिका–९, अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरभन्दा पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भीरमा मृतावस्थामा फेला परेकी थिइन् । गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको…