दुई थान भरुवा बन्दुक बरामद

रुकुम, २१ फागुन । रुकुम(पूर्व) मा ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार सिस्ने गाउँपालिका-६ रानिकोट जंगलको ओडारमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक २ थान शनिबार साँझ बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।