हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय पक्राउ

काठमाडौँ, २६ माघ । पर्साको वीरगञ्ज नगरपालिकाबाट हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । हिजो वीरगञ्ज रक्सौला सडक खण्डबाट भारत घर बताउने राकेश कुमार र प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले…