दादुराका लक्षण देखिएका शिशुको मृत्यु

बाँके, २१ पौष । बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका शिशुको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका शिशुको मृत्यु भएको हो । उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दका अनुसार शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ती शिशुमा दादुराको लक्षण देखा परेको उनले बताए ।…