पाँचथरमा आगलागी हुँदा दुई जनाको मृत्यु

पाँचथर, २० पौष । पाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति आगलागी हुदा मेघबहादुर गुरुङको छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको छ । बिजुली ‘सट’ भएर गुरुङको घरमा आगलागी भएको अनुमान गरिएको छ…