विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा : फाइनल पुग्न अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को खेल्ने

काठमाडौँ, २५ मंसिर । फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हाे । यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा…