कञ्चनपुर, २४ मंसिर । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”,…