काठमाडौँ, २३ असोज । सर्लाहीमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले बागमती नगरपालिका–६ स्थित राधा कृष्ण मन्दिर नजिक बाँसघारीमा शंकास्पद अवस्थामा बसेका जीवन घिसिङलाई नियन्त्रणमा लिएको हो । घिसिङको साथबाट ट्रामन ५० लेखिएको २१४ पिस क्याप्सुल, स्पासमोम लेखिएको २०० पिस क्याप्सुल, करिब २५ ग्राम गाँजा, २, हजार ५३०…