काठमाडौँ, ११ मंसिर । एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै ग्राहकले ई–सिमचल्ने मोबाइलमा ई–सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन्। ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो…