मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

पाल्पा, १५ असोज । कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–रामपुर सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  रामपुर नगरपालिका–८, जरुवापानीमा मोटरसाइकलको ठक्करबाट पुरुषको मृत्यु भएको हो । ८ वर्षदेखि जरुवापानी क्षेत्रमा सार्वजनिक स्थलमा बस्दै आएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । नाम, ठेगाना खुल्न नसकेको स्थानीयले बताए । रम्भा गाउँपालिका हुँगीबाट बेझाँड बजारतर्फ आउँदै गरेको लु ३१…