१३ वर्षीया अपाङ्गता भएकी नाबालिका जबरजस्ती करणीबाट सुत्केरी, आरोपी फरार

काठमाडौँ, ८ जेठ । भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन । अपाङ्गता भएकी नाबालिका आफ्नै घरको गोठमा रहेको बेला गत असार २७ गते गाउँकै रामचन्द्र राईले जबरजस्ती करणी गरेका थिए । त्यसबाट गर्भ रहन गई…