एमाले महासचिवको प्रश्न गठबन्धनकाको निरन्तरता के का लागि ?

काठमाण्डौ,१३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभिएर मुलुकलाई संकटग्रस्त बनाउन गठबन्धनको वकालत गरिरहेको आरोप लगाएका छन् । गठबन्धनको उद्देश्य मुलुकलाई आर्थिक संकटबाट जोगाउनेभन्दा पनि एमालेलाई घेराबन्दीमा पार्नेमात्र रहेको दाबी पोखरेलले गरेका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले गठबन्धनका…