काठमाडौँ, १९ चैत । भैरहवा, चैत १८ गते। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ।…