आजको मौसम

काठमाडौँ, ७ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अरू भू–भागमा सामान्यतया सफा रहनेछ…