गुल्मी, १८ फागुन । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको हो । हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । उक्त…