बन्दुकसहित तीनजना पक्राउ

कैलाली, १२ फागुन । सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणमातहतको बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५, छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एकथान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए । गुडिरहेको से२प ८९२ नम्बरको…