काठमाडौँ, ८ फागुन । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून प्रणालीको प्रभावको कारण पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही…