काठमाडौँ, १ साउन । आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल । मेष : दिन सामान्य छ। आर्थिक कारोबारमा संघर्ष गर्नुपर्ने छ। व्यवहारमा मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। सहकार्यमा गरेको कारोबारबाट फाइदा हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। ठूला व्यक्तिसँगको…