काठमाडौँ, ३१ असार । वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सोमबार राति ८ बजेको समयमा काभ्रेको रोशी गाउँपालिका-११ माम्ती खोलामा सडकमाथिबाट आएको भेलले सडक कटान गरेको छ । अहिले बाटो दुई तर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै, सोमबार राति ११ः३० बजे रोशी-९ स्थित पिन्थली सडकखण्डमा खहरे खोलाको लेदो आई…