टेम्पाे दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा, १९ माघ । धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा हिजो साँझ टेम्पाे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गएराति कोशी लोकमार्ग अन्तर्गत पचीयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको टेम्पाे सडकको नालीमा दुर्घटना हुदा चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको हो । गम्भीर घाइते…