धनगढी, १० माघ । कैलालीमा एक जना व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी भइरहेको छ । घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको…