काठमाडौँमा ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप

काठमाडौँ, २९ पौष । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीता पाइला…