काठमाडौँ, २९ असार । कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ । आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि घरबाहिरको छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिबार राति सर्पको डसाइबाट मृत्यु भएको हो । उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा रात बिताउन…