धनगढी, २९ मंसिर । सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । १८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएका हुन् । प्रदेशमा खोप अभियानअन्तरगत ७…